Home » सबै ब्लगहरू » Smiles दशैँ-तिहार महोत्सव 2025

सबै ब्लगहरू > क्याम्पेनहरु > Smiles दशैँ-तिहार महोत्सव 2025
09.01.2025

Smiles दशैँ-तिहार महोत्सव 2025

Campaign banner image

“हरेक दिन उपहार, हरेक हप्ता किनमेल, भाग्यमानीका लागि घर फर्कने यात्रा!”

हाम्रा पवित्र पर्वहरूको महत्व
नेपालीहरूका लागि दशैँ, तिहार र छठ पर्व केवल त्योहार मात्र नभएर हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकताको जीवन्त प्रतीक हुन्। दशैँ – हाम्रो सबैभन्दा ठूलो पर्व, जहाँ देवी दुर्गाको विजयलाई मनाइन्छ र घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म गरी १५ दिनसम्म खुशीको लहर चल्छ। तिहार – दीपावली, गाई, कुकुर, गोवर्धन, दाइ-भाइको त्योहार, जहाँ प्रकाशले अन्धकारलाई जित्छ। छठ पर्व – सूर्य र उषाको आराधना, जहाँ प्रकृतिसँगको हाम्रो गहिरो नाता प्रकट हुन्छ ।

हाम्रो उत्सवको परम्परा
यी पर्वहरूमा घर-घरमा रङ्गोली, झिलिमिली बत्तीहरू बलाइन्छ। नयाँ लुगा लगाएर, मिठाइ-मिष्ठान्न बनाएर, ठूला-साना सबैले दशैँको टीका र जमरा लगाउँछन्। दाइ-भाइको त्योहारमा दिदी-बहिनीहरूले दाजुभाइलाई माला लगाएर आशीर्वाद दिन्छन्। छठमा डाला-ठेकी लिएर नदीको घाटमा पुगेर अर्घ्य दिन्छौँ ।
परदेशको मन र घरको सम्झना
यी सबै उत्सव र खुसीको माझ, एउटा मन भने सात समुद्रपारि आफ्नो परिवारलाई सम्झिरहेको हुन्छ – त्यो हो परदेशी नेपालीको मन। जब घरमा उत्सवको तयारी चल्छ, यहाँ कामको व्यस्तताले सताउँछ। जब घरमा सबैजना टीका थाप्न लाइनमा बस्छन्, तब भिडियो कलमा रसाएका आँखाले त्यो क्षणलाई कैद गर्ने प्रयास हुन्छ। चाडपर्वमा घर जान नपाउँदाको पीडा र परिवारको न्यास्रोले हरेक परदेशीको मन पोल्छ।

त्यही भावनालाई सम्मान गर्दै, Smiles ले ल्याएको छ “Smiles दशैँ-तिहार महोत्सव 2025” 

हामी तपाईँको यो भावना बुझ्छौँ । तपाईँले आफ्नो परिवारको खुसीको लागि गर्नुभएको त्यागलाई सम्मान गर्छौँ । त्यसैले, यो चाडपर्वमा तपाईँ र तपाईँको परिवारको अनुहारमा मुस्कान ल्याउन हामीले यो विशेष क्याम्पेन लिएर आएका छौँ । तपाईँले पठाएको रकमसँगै तपाईँको माया र सम्झना घर पुगोस्, र साथमा तपाईँलाई पनि एउटा अविस्मरणीय उपहार मिलोस् भन्ने हाम्रो चाहना हो।

campaign banner post

Smiles दशैँ -तिहार महोत्सव 2025
“हरेक दिन Prize, हरेक हप्ता Shopping, भाग्यमानीलाई घर जाने अवसर!”

कसरी सहभागी हुने?

  • Smiles प्रयोग गरी नेपालमा पैसा पठाउनुहोस्।
  • तपाईँको प्रत्येक कारोबारले तपाईँलाई सबै तीन प्रकारका पुरस्कार ड्रमा एक पटक स्वतः सहभागी गराउनेछ।
  • जति धेरै पटक पैसा पठाउनुहुन्छ, जित्ने मौका त्यति नै बढी हुन्छ।

पुरस्कार विवरण
Grand Prize (१ जना विजेता) 
नेपाल–जापान Round-trip Air Ticket (Economy class) मूल्य लगभग ¥300,000 सम्मको 
मान्यताः विजेता घोषणाको मिति देखि ६ महिना भित्र ।

Bonus Prize (२३ जना विजेता) ¥230,000 दशैँ दक्षिणा!
प्रत्येक विजेतालाई ¥10,000 बराबरको रकम सिधै उहाँहरुको Smiles वालेटमा डिपोजिट गरिनेछ।

Weekly Prizes ( १६ जना विजेता) ¥800,000 दशैँ /तिहार Shopping!
¥50,000 बराबरको ८ हप्ता, प्रत्येक हप्ता २ जना विजेता घोषित गरिनेछ।

Daily Prizes  (६१ जना विजेता) मौलिक नेपाली ढाका टोपी! (अमूल्य राष्ट्रीय पोशाक )

विजेता घोषणा
दैनिक, साप्ताहिक र बम्पर पुरस्कारका विजेताहरूको घोषणा Smiles Mobile Remittance Nepal को आधिकारिक सामाजिक सञ्जाल मार्फत गरिनेछ। बम्पर उपहार विजेताको घोषणा अभियान समाप्त भएपछि गरिनेछ।

नोट: यस  क्याम्पेनको  नियम र शर्तहरू लागू हुन्छन्।

आउनुहोस्, यो चाडपर्वमा Smiles मार्फत आफ्नो परिवारलाई पैसा मात्र होइन, माया र खुसी पनि पठाऔँ । तपाईँको एउटा कारोबारले तपाईँलाई घर फर्काउने सपना पूरा हुन सक्छ !
Smiles परिवारको तर्फबाट दशैँ , तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना!

आजको विनिमय दर

1 JPY = 0.932 NPR

२०२६ मार्च १०, मंगल २२:४०

विदेशबाट घर पैसा पठाउने सोच्दैहुनुहुन्छ? Smiles सँग पैसा पठाउनु छिटो, सुरक्षित र सुविधाजनक छ।

Tori family celebrating because Smiles mobile remit is providing the best exchange rate Tori family celebrating because Smiles mobile remit is providing the best exchange rate

smiles comment icon Leave a Comment

All fields are required

Related Reads

See more Related Blogs

Popular Reads

See more Blogs

Our writers

tori is smiles remit official blogger
कर्मचारी
Rai
flying Tori
tori's flight path tori flying over with a money bag
footer_smile_logo