Digital Wallet Corporation ले “TAX REFUND” सर्भिस सुरु गरेको छ।
टोकियो, जापान — जापानको सबैभन्दा लोकप्रिय मोबाइल अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा प्रदायक Smiles Mobile Remittance को सञ्चालक कम्पनी Digital Wallet Corporation (DWC) ले जापान भ्रमणमा आउने पर्यटकहरूका लागि नयाँ सेवा TAX REFUND JAPAN सुरु गरेको घोषणा गरेको छ। यो सेवा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई Tax-Free Shopping गरेपछि प्राप्त हुने उपभोग कर (Consumption Tax) को रकम विदेशमै पठाउने सुविधा दिने पहिलोपटकको प्रयास हो जुन जापानको लाइसेन्स प्राप्त फन्ड ट्रान्सफर कम्पनी बाट सुरु गरिएको हो।
TAX REFUND JAPAN सेवा मार्फत अन्तर्राष्ट्रिय पर्यटकहरूले जापानमै खरीद गर्दा गरिएको ट्याक्स-फ्री खरिद प्रक्रिया पूरा गरेपछि आफ्नै देशमा बसेर क्रेडिट कार्ड, मोबाइल वालेट, बैंक ट्रान्सफर वा नगद पिकअपको माध्यमबाट रिफन्ड प्राप्त गर्न सक्नेछन्। यो सेवा जापान सरकारले नोभेम्बर २०२६ देखि लागु गर्न लागेको नयाँ ट्याक्स-फ्री प्रणाली अनुरूप तयार पारिएको हो।

यस सेवाले पर्यटकहरू र खुद्रा व्यवसाय दुवैका लागि सहजता ल्याउनेछ र ट्याक्स-फ्री लेनदेनलाई सुरक्षित र भरपर्दो बनाउनेछ। Digital Wallet Corporation ले जापानको Payment Services Act, Act on Prevention of Transfer of Criminal Proceeds लगायत सबै नियमहरूको पालना गर्नुका साथै, अन्तर्राष्ट्रिय स्तरको AML (Anti-Money Laundering) तथा अनुपालन मापदण्डहरू समेत पूरा गरेको छ।
TAX REFUND JAPAN सेवा खुद्रा व्यवसायी, ट्याक्स रिफन्ड एडमिनिस्ट्रेटर तथा POS प्रणालीमा TAX-FREE फिचर समावेश गर्न चाहने सिस्टम भेन्डरहरूका लागि तयार पारिएको हो। यसले व्यवसायहरूलाई रिफन्डको लागि विविध माध्यमहरू (क्रेडिट कार्ड, मोबाइल वालेट, बैंक ट्रान्सफर) उपलब्ध गराउनेछ। साथै, विदेशी रेमिट्यान्स सम्बन्धी जोखिम तथा ग्राहक सेवा व्यवस्थापनमा समेत सहयोग पुर्याउनेछ।
DWC का संस्थापक तथा CEO Eiji Miyakawa भन्छन्, “उपभोग कर छुट प्रणालीले पर्यटनमार्फत आर्थिक गतिविधि बृद्धिमा ठूलो योगदान पुर्याउँछ। तर यस प्रणालीको दुरुपयोग हुँदै आएको छ, जसले राजस्वमा ठूलो घाटा पुर्याएको छ।उहाँले थप भन्नुभयो, हामीले सुरु गरेको TAX REFUND JAPAN सेवाले व्यवसायलाई यस्तो दुरुपयोगबाट जोगाउनेछ र व्यवसायीहरूलाई TAX-FREE बिक्री सुरक्षित तरिकाले विस्तार गर्न प्रोत्साहित गर्नेछ। यो सेवा पूर्ण रूपमा अन्तर्राष्ट्रिय AML तथा अनुपालन मापदण्डमा आधारित छ र हामी जापानको TAX-FREE प्रणालीको पारदर्शिता सुनिश्चित गर्न व्यवसायहरूसँग सहकार्य गर्न तयार छौँ।

Digital Wallet Corporation को बारेमा:
Digital Wallet Corporation (DWC) जापानमा आधारित एक अग्रणी फिनटेक कम्पनी हो। सन् २०१४ मा Sony का पूर्व डिजाइनर, इन्जिनियरहरू र क्लाउड सेवा डेभलोपरहरूको समूहले स्थापना गरेको कम्पनीले Smiles Mobile Remittance सेवा २०१७ मा सार्वजनिक गरेको थियो। अहिले सम्म १० लाख भन्दा बढी मोबाइल एप डाउनलोड भइसकेको यो एपमार्फत प्रयोगकर्ताहरूले सुलभ शुल्क, उत्कृष्ट दर, मातृभाषामा ग्राहक सेवा, र रियल टाइम ट्रान्सफर सुविधा पाएका छन्। साथै, Smiles जापानको सबैभन्दा ठूलो ATM नेटवर्क भएको रेमिट्यान्स सेवा हो। यसले २०२१ को GOOD DESIGN AWARD समेत जितेको छ। Smiles हाल ८ देशहरूमा सेवा विस्तार गरिसकेको छ — जस्तै फिलिपिन्स, भियतनाम, अमेरिका, क्यानाडा, सिंगापुर ,इन्डोनेसिया तथा नेपाल आदि ।
थप जानकारीको लागि: Digital Wallet Corporation

Smiles मोबाइल रेमिटेन्सबारे
Smiles Mobile Remittance सन् २०१७ मा Digital Wallet Corporation द्वारा सुरु गरिएको जापानको पहिलो र सबैभन्दा लोकप्रिय मोबाइल रेमिटेन्स सेवा हो। हालसम्म यो एप १० लाख भन्दा बढी पटक डाउनलोड भइसकेको छ। कृत्रिम बुद्धिमत्ता (AI) र अनुहार पहिचानजस्ता अत्याधुनिक प्रविधिहरूले सुरक्षित बनाएको यस सेवाले प्रयोगकर्ताहरूलाई बढी सहजता, उच्च मूल्य र प्रभावकारी सेवा प्रदान गर्छ। जापानमा मोबाइल रेमिटेन्ससँगै इन्टिग्रेटेड ल्योयल्टी र रिफरल कार्यक्रम समावेश गर्ने एकमात्र वित्तीय प्लेटफर्म पनि Smiles नै हो।
थप जानकारीका लागि हाम्रो वेबसाइट Smiles Mobile Remittance मा जानुहोस्।