Home » सबै ब्लगहरू » सेन्दाईमा  सम्पन्न प्रथम नेपाल फेस्टिभल २०२५: सांस्कृतिक समृद्धि र प्रवासमा एकताको सन्देश

सबै ब्लगहरू > जापान १०१ > सेन्दाईमा  सम्पन्न प्रथम नेपाल फेस्टिभल २०२५: सांस्कृतिक समृद्धि र प्रवासमा एकताको सन्देश
06.16.2025

सेन्दाईमा  सम्पन्न प्रथम नेपाल फेस्टिभल २०२५: सांस्कृतिक समृद्धि र प्रवासमा एकताको सन्देश

1. सेन्दाईमा सम्पन्न प्रथम नेपाल फेस्टिभल २०२५ : सांस्कृतिक समृद्धि र प्रवासमा एकताको सन्देश

जापानको मियागी केनको सुन्दर शहर सेन्दाईमा हालै आयोजित प्रथम नेपाल फेस्टिभल २०२५ भव्य रूपमा सम्पन्न भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति सेन्दाईको आयोजनामा सम्पन्न भएको यस कार्यक्रममा नेपालको विविध कला, संस्कृति, भाषा र परम्पराको उत्सव देखिएको थियो।

Special guests seated at the1st Nepal Festival Sendai 2025

2. Smiles Mobile Remittance शीर्षक प्रायोजकको रूपमा उत्सवमा सहभागी

यो फेस्टिभलमा Smiles Mobile Remittance शीर्षक प्रायोजक (Title Sponsor) को रूपमा सहभागी भएको थियो। जापानभरि बसोबास गर्ने नेपाली समुदायलाई सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आएको Smiles Mobile Remittance ले यस्ता कार्यक्रमहरूमा साथ दिई सांस्कृतिक सम्बद्धता र सामुदायिक भावनालाई अझ प्रगाढ बनाउने प्रयास गरेको हो। 

कार्यक्रममा Smiles Mobile Remittance का EVP (Executive Vice President) Mr. Alex Millan ले समेत सक्रिय सहभागिता जनाएका थिए। उहाँको उपस्थिति र मन्तव्यले समुदायमा उत्साह थपेको थियो। त्यसैगरी, कार्यक्रममा उपस्थित जापानका लागि नेपाली राजदुत महामहिम डा . दुर्गा बहादुर सुबेदी  ज्युले पनि Smiles Mobile Remittance को योगदानप्रति आभार प्रकट गर्दै विदेशमा रहेका नेपाली समुदायको सशक्तिकरणमा यस्तो संस्थाको भूमिका निकै महत्वपूर्ण रहेको बताउनु भयो। 

Cultural presentation by various community at the festival

3. सांस्कृतिक विविधता झल्काउने रंगीन कार्यक्रमहरू

फेस्टिभलमा नेपाली सांस्कृतिक नृत्यहरू, परम्परागत भेषभूषा, नेपाली परिकारहरूको स्टल, हस्तकला प्रदर्शनी लगायत विविध कार्यक्रम प्रस्तुत गरिएका थिए। जापानी र अन्य विदेशी पाहुनाहरूले पनि यो  फेस्टिभलमा गहिरो रुचि देखाउँदै नेपाल र नेपाली समुदायप्रतिको चासो झल्काएका थिए। उक्त अवसरमा सहभागीहरूले भने, “हामी प्रवासमा भए पनि यस्तो माहोलमा हामीलाई नेपालमै भएको महसुस हुन्छ।” सेन्दाईमा नेपालीहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेकाले यस्तो प्रकारको फेस्टिवलले नेपाली समुदायको भेटघाट, समन्वय र आपसी सद्भावलाई अझ मजबुत बनाएको छ।

4. जापानभर नेपाली सांस्कृतिक कार्यक्रमको बढ्दो उपस्थिति

पछिल्लो समय जापानभरि नेपाली समुदायको उपस्थिति बाक्लिँदै गएको छ। त्यसैले विभिन्न क्षेत्रहरूमा हरेक वर्ष यस्ता सांस्कृतिक कार्यक्रमहरूको आयोजना हुनु सकारात्मक संकेत हो। नेपालबाट कलाकारहरूलाई निमन्त्रणा गरिनु, सांस्कृतिक प्रस्तुति देखाइनु, र सेवामूलक संस्थाहरूको सक्रिय सहभागिताले फेस्टिवललाई सम्पूर्ण नेपालीहरूको साझा चाडको रूप दिइरहेको छ।

5. Smiles Mobile Remittance: प्रवासी नेपालीहरूको पहिलो रोजाइ

Smiles Mobile Remittance जापानमा बसोबास गर्ने प्रवासीहरूको लागि द्रुत, सुरक्षित र भरपर्दो डिजिटल रेमिट्यान्स सेवा हो। यो सेवा विशेषगरी नेपाल, भारत, बंगलादेश, फिलिपिन्स, भियतनाम र इन्डोनेसिया लगायत २०० देशहरूमा पैसा पठाउने नेपाली, भारतीय, र अन्य एशियाली समुदायहरूबीच अत्यन्त लोकप्रिय छ।
Smiles Mobile Remittance लाई नेपाली समुदायले विशेषतः निम्न कारणहरूले अत्याधिक  रुचाएका छन्:

  • स्मार्टफोनबाट सजिलै पैसा पठाउन सकिने सुविधा
  • कम ट्रान्सफर शुल्क र उत्कृष्ट एक्सचेन्ज रेट
  • द्रुत सेवा – पैसा केही मिनेटमै नेपालमा प्राप्त हुन्छ
  • नेपालका प्रमुख बैंकहरू र वालेटहरूसँग प्रत्यक्ष समन्वय
  • नेपाली भाषा सहित बहुभाषी सपोर्ट
Nepali women in their traditional attire

6. सांस्कृतिक सम्बद्धता र समुदायप्रतिको प्रतिबद्धता

Smiles ले प्रवासी नेपालीहरूप्रति गहिरो समझदारी र प्रतिबद्धता राख्ने उद्देश्यका साथ सांस्कृतिक, सामाजिक तथा समुदायमूलक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। सेन्दाईको नेपाल फेस्टिभलमा शीर्षक प्रायोजकको रूपमा सहभागिता पनि त्यसको एक सशक्त प्रमाण हो।

नेपालभर पैसा पठाउने मात्र नभई, प्रवासी नेपालीहरूको भावना, पहिचान र पहिल्याउनुपर्ने आवश्यकतालाई बुझ्ने प्रयास Smiles को प्राथमिकता हो। यही कारणले गर्दा Smiles ले भविष्यमा पनि यस्ता कार्यक्रमहरूमा निरन्तर साथ दिँदै नेपाली समुदायप्रति आफ्नो योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

आजको विनिमय दर

1 JPY = 0.924 NPR

२०२६ जनवरी २३, शुक्र १७:०५

विदेशबाट घर पैसा पठाउने सोच्दैहुनुहुन्छ? Smiles सँग पैसा पठाउनु छिटो, सुरक्षित र सुविधाजनक छ।

Tori family celebrating because Smiles mobile remit is providing the best exchange rate Tori family celebrating because Smiles mobile remit is providing the best exchange rate

smiles comment icon Leave a Comment

All fields are required

Related Reads

See more Related Blogs

Popular Reads

See more Blogs

Our writers

tori is smiles remit official blogger
कर्मचारी
Rai
flying Tori
tori's flight path tori flying over with a money bag
footer_smile_logo