Home » सबै ब्लगहरू » टोकियोको मुटुमा परम्परा र नृत्यको साँझ 

सबै ब्लगहरू > जापान १०१ > टोकियोको मुटुमा परम्परा र नृत्यको साँझ 
07.10.2025

टोकियोको मुटुमा परम्परा र नृत्यको साँझ 

Shibuya Bon Odori Dance Festival 2025

Shibuya Bon Odori Dance Festival 2025 — परम्परा र आधुनिकता एकै साथ 

हरेक गर्मीयाममा टोकियोको शिबुया क्षेत्र परम्परागत संस्कृतिले भरिन्छ, जहाँ Shibuya Bon Odori Dance Festival ले स्थानिय, पर्यटक र विदेशीहरु लाई एकै स्थानमा नाचगान मार्फत जोड्ने काम गर्दछ । Shibuya 109 अगाडि, चम्किलो सहरको बीचमै आयोजित यो पर्वले जापानको पुरानो बोन ओडोरी नृत्यलाई आधुनिक शैलीसँग जोड्दछ । परम्परागत युकाता लगाएर मानिसहरू एकै तालमा नाच्छन्, र साँझको रमाइलो वातावरणमा सांस्कृतिक उत्सव मनाउँछन्।

bonodori art pic


यस वर्षको महोत्सव २०२५ अगस्ट २ तारिख  (शनिबार),  साँझ ६ बजेदेखि राति ९:३० बजे सम्म आयोजना हुनेछ। यातायात प्रतिबन्ध ४:३० बजे बाट लागू हुनेछ। मुख्य कार्यक्रम स्थल Shibuya 109 अगाडि, Dogenzaka र Bunkamura-dōri सडकमा हुनेछ, जहाँ “यगुरा” भनिने मञ्चको चारैतिर नृत्यको घेरा बनाइन्छ।

bonodori performance stage

कार्यक्रममा विभिन्न पारम्परिक र आधुनिक गीति नृत्यहरू प्रस्तुत गरिन्छ, जस्तै “Tokyo Ondo”, “Tankō Bushi” र “Shibuya Ondo”। साथै, स्टलहरू, खेलहरू, गोल्डफिश स्कूपिङ, खाना ट्रकहरूजस्ता रमाइला  गतिविधिहरूले पूर्ण मेला जस्तो अनुभव दिन्छ। यो उत्सव बच्चादेखि वृध्दसम्म सबैका लागि खुला छ, र सहभागी हुने वा हेरेर रमाइलो गर्न दुवैको लागि उपयुक्त हुन्छ।

Shibuya Bon Odori केवल मनोरञ्जन मात्र होइन, जापानी संस्कृति नजिकबाट अनुभव गर्ने राम्रो अवसर हो। तपाईँ नाच्नुहोस् वा दर्शकको रूपमा रमाउनुहोस्, यो साँझ तपाईँको  लागि स्मरणीय बन्नेछ। प्रवेश निःशुल्क भएकाले, युकाता लगाएर साथीहरू वा परिवारसँग सहभागिता जनाउन नबिर्सनु होला। पूरा जानकारीको लागि : https://shibuyadogenzaka.com/?p=6827&utm

आजको विनिमय दर

1 JPY = 0.924 NPR

२०२६ जनवरी २३, शुक्र १७:०५

विदेशबाट घर पैसा पठाउने सोच्दैहुनुहुन्छ? Smiles सँग पैसा पठाउनु छिटो, सुरक्षित र सुविधाजनक छ।

Tori family celebrating because Smiles mobile remit is providing the best exchange rate Tori family celebrating because Smiles mobile remit is providing the best exchange rate

smiles comment icon Leave a Comment

All fields are required

Related Reads

See more Related Blogs

Popular Reads

See more Blogs

Our writers

tori is smiles remit official blogger
कर्मचारी
Rai
flying Tori
tori's flight path tori flying over with a money bag
footer_smile_logo