सबै ब्लगहरू > अवर्गीकृत > Smiles प्रयोगकर्ताहरूको माया र विश्वासको नतिजा: कुमामोतो भूकम्प पीडितलाई १० लाख येन र आपतकालीन राहत सहयोग!
08.14.2026

Smiles प्रयोगकर्ताहरूको माया र विश्वासको नतिजा: कुमामोतो भूकम्प पीडितलाई १० लाख येन र आपतकालीन राहत सहयोग!

टोकियो, जापान

जब-जब सङ्कट आउँछ, तब-तब सहकार्य र मानवताको भावना अझ बलियो भएर आउँछ। हालै जापानको कुमामोतो प्रान्तमा गएको ७.१ म्याग्निच्युडको विनासकारी भूकम्पले धेरैको जीवन अस्तव्यस्त बनाएको छ। ३८ भन्दा बढी अमूल्य जीवन गुमेका छन्, ११ हजारभन्दा बढी घरहरू ध्वस्त भएका छन् र हजारौँ बासिन्दाहरू घरबारविहीन हुन पुगेका छन्।

kumamoto earthquke damage

यस्तो कठिन परिस्थितिमा सहयोगको हात बढाउँदै, जापानको अग्रणी ग्लोबल मोबाइल मनी ट्रान्सफर सेवा ‘Smiles Mobile Remittance’ (Smiles) को मूल कम्पनी Digital Wallet Corporation (DWC) ले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘कुमामोतो प्रान्त भूकम्प राहत कोष’ मा १० लाख जापानी येन (JPY 1,000,000) सहयोग रकम हस्तान्तरण गरेको छ।

smiles relife team

रकम मात्र होइन, आवश्यकताको घडीमा तत्काल सहयोग!

विपत्तिका बेला आर्थिक सहयोगसँगै प्रभावित समुदायका आधारभूत आवश्यकताहरू तत्काल पूरा गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यही आवश्यकतालाई ध्यानमा राख्दै, Smiles टोलीले स्थानीय उद्धार टोलीहरूसँग प्रत्यक्ष समन्वय गरी प्रभावित क्षेत्रमा २० लिटर क्षमताका १०० भन्दा बढी पोर्टेबल खानेपानीका जारहरू तत्काल उपलब्ध गराएको छ। यस पहलमार्फत भूकम्प प्रभावित दाजुभाइ, दिदीबहिनी तथा उद्धारकर्मीहरूका लागि स्वच्छ खानेपानीको सहज पहुँचमा सहयोग पुर्‍याइएको छ।

यो सहयोग डिजिटल वालेटको मात्र होइन, हजुरहरू सम्पूर्ण Smiles परिवारको हो!

जापानमा विदेशी समुदायलाई जोड्ने माध्यम बन्दै गर्दा, स्थानीय जापानी नागरिक र यहाँ बस्ने विदेशी समुदाय दुवैका सुख-दुःखमा साथ उभिनु हाम्रो पहिलो कर्तव्य हो। Smiles परिवार आगामी दिनहरूमा पनि यसरी नै विपत्तिमा परेकाहरूको सारथि बनिरहने प्रतिबद्धता व्यक्त गर्दछ।

digital wallet corporation image

आज Smiles जुन स्थानमा छ, त्यो जापान र विश्वभर रहनुभएका सम्पूर्ण नेपाली तथा अन्तर्राष्ट्रिय Smiles प्रयोगकर्ताहरूको अपार विश्वास, माया र निरन्तर साथले गर्दा नै सम्भव भएको हो।

जापानमा विदेशी समुदायलाई जोड्ने माध्यम बन्दै गर्दा, स्थानीय जापानी नागरिक र यहाँ बस्ने विदेशी समुदाय दुवैका सुख-दुःखमा साथ उभिनु हाम्रो पहिलो कर्तव्य हो। Smiles परिवार आगामी दिनहरूमा पनि यसरी नै विपत्तिमा परेकाहरूको सारथि बनिरहने प्रतिबद्धता व्यक्त गर्दछ।

हाम्रो यो सानो प्रयासमा अप्रत्यक्ष रूपमा जोडिएर कसैको अनुहारमा मुस्कान ल्याउन मद्दत गर्नुभएकोमा हाम्रा सम्पूर्ण Smiles प्रयोगकर्ताहरूलाई हार्दिक धन्यवाद तथा नमन!

熊本地震

आजको विनिमय दर

1 JPY = 0.98 NPR

२०२६ सेप्टेम्बर १०, बिहि १६:३५

विदेशबाट घर पैसा पठाउने सोच्दैहुनुहुन्छ? Smiles सँग पैसा पठाउनु छिटो, सुरक्षित र सुविधाजनक छ।

Tori family celebrating because Smiles mobile remit is providing the best exchange rate Tori family celebrating because Smiles mobile remit is providing the best exchange rate

smiles comment icon Leave a Comment

All fields are required

Related Reads

See more Related Blogs

Popular Reads

See more Blogs

Our writers

tori is smiles remit official blogger
कर्मचारी
Rai
tori flying over with a money bag
footer_smile_logo